newskoseli.Com

साँझ ५ः११ मा गयो ४.६ रेक्टरको भूकम्प

ताप्लेजुङको कञ्चनजङ्घा आसपास केन्द्रविन्दु भएर बिहीबार ४.६ रेक्टर स्केलको भूकम्प गएको छ ।

साँझ ५ बजेर ११ मिनेटमा कञ्चनजङ्घा र भारतको सिक्किम सीमानामा भूकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार यो परकम्प नभई भूकम्प नै हो । गोरखा भूकम्पछि निरन्तर परकम्प गइरहेका छन् । सानातिना भूकम्प पनि आइरहेका छन् । पछिल्लो समय परकम्प पातलिँदै गएको छ ।

यसअघि माघ ८ मा काठमाडौंको थापाथली केन्द्रबिन्दु भई ३.३ रेक्टरको परकम्प गएको थियो । २०७२ वैशाख १२ को ७.६ रेक्टर स्केलको गोरखा भूकम्पपछि हालसम्म ५ सय १० पटक परकम्प गएको केन्द्रले जनाएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर