newskoseli.Com

घुसकाण्डमा फसेका अख्तियारका आयुक्त पाठकले दिए राजीनामा

घुसकाण्डमा फसेर चर्को विवादमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक आयुक्त राजनारायण पाठकले शुक्रबार राजीनामा दिएका छन् ।

आयुक्त पाठकले नेपालको संविधानको धारा २३८ बमोजिम शुक्रबारैदेखि लागू हुने गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो पदबाट लिखित राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त श्री राजनारायण पाठकले नेपालको संविधानको धारा २३८ को उपधारा (४) को खण्ड (क) बमोजिम मिति २०७५/११/३ गतेदेखि लागू हुने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदबाट लिखित राजीनामा दिनु भएको छ’– राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर