newskoseli.Com

सर्भे गर्न जाँदा चिप्लिएर ओभरसियरको मृत्यु, होटलमा आगो लाग्दा १ घाइते, २२ लाख क्षति

चन्दननाथ नगरपालिका– १० निवासी एक ओभरसियरको चिप्लिएर मृत्यु भएको छ ।

तिला गाउँपालिका– ७, तुई भन्ने स्थानमा विद्युत् आयोजनाको नहर बनाउने स्थानको सर्भे गर्न जाँदा फागुन २ गते चिप्लिएर निरज विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चिप्लँदा धेरै तल तिला नदीको छेउमा पुगेका विष्टको उपचारकै क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएपछि मृत्यु घोषणा गरिएको प्रहरीले जनाएको छ ।

प्रतिनिधिसभा सांसद विकास कोष र तिला गाउँपालिकाको लगानीमा सुरु गरिएको करिव एक मेगावाटको विद्युत् आयोजना निर्माणका लागि खटिएका ओभरसियर विष्टको कामकै क्रममा मृत्यु भएको उनका आफन्तले जनाएका छन् । बिजुली निकाल्न सांसद विकास कोषको ३ करोड ९६ लाख र तिला गाउँपालिकाको ५० लाख रूपैयाँ विनियोजन भई काम तीव्र गतिमा अगाडि बढिरहेको गाउँपालिकाले जनाएको छ ।

होटलमा आगलागी : १ घाइते २१ लख ७४ हजार क्षति

सदरमुकाम खलङ्गास्थित ग्रीनल्याण्ड होटलमा आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन् भने लाखौंको धनमाल क्षति भएको छ । बिहीबार राति करिव १२ बजेतिर भएको आगलागीमा वीरेन्द्रनगर– १३, सुर्खेतका ४० वर्षीय मानबहादुर दर्लामी मगर घाइते भएका छन् । उनको शरीरको बाहिरी भाग र अनुहार जलेको छ । आगलागी हुँदा बाहिर निस्किने ठाउँ नभेटेपछि उनी जलेर गम्भीर घाइते भएका हुन् ।

उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ । आगलागीबाट होटल आंशिक रुपमा जल्दा २१ लख ७४ हजार रूपैयाँ बराबरको क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सीताराम रिजालले बताए ।

आगलागीको कारण खुल्न नसके पनि बालिएको मैनबत्तीबाट आगो सल्केर होटल जलेको हुन सक्ने अनुमान गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सक्रियतामा राति करिव १ बजेपछि मात्र आगो नियन्त्रणमा आएको थियो । होटलभित्र रहेका भाँडावर्तनलगात सुनका गहना र सामानमा ठूलो क्षति भएको जानकारी होटल सञ्चालक चेतन रावलले दिएको समाचार राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर