newskoseli.Com

प्रहरी हवल्दारले बलात्कार गरे भन्दै महिलाले दिइन् जाहेरी

दाङका एक प्रहरीले महिलालाई बलात्कार गरेको आरोप लागेको छ । इलाका प्रहरी कार्यालय फूलबारी, दाङमा कार्यरत प्रहरी हबल्दारले बिहीबार राति स्थानीय महिलालाई बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरी कार्यालयमा जाहेरी दिएकी छन् ।

बलात्कारको अभियोग लागेका हवल्दारलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरी निरीक्षक भीम कार्कीले जानकारी दिए । रातको समयमा आफू प्रहरी भएको भन्दै घरको ढोका खोल्न लगाएर मुख थुनेर बलात्कार गरेको आरोप पीडित पक्षले लगाएको छ ।

घटना अनुसन्धानका क्रममा भएकाले दुवै पक्षको नाम गोप्य राखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पीडितको स्वास्थ्य जाँचका लागि पठाइएको र प्रमाणित भए कानुनबमोजिम कारबाही हुने जिल्ला प्रहरी प्रमुख बेलबहादुर पाण्डेले बताए । प्रहरी सङ्गठनले यस घटनालाई लुकाउने प्रयास थालेको पीडित पक्षको भनाइ रहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर