newskoseli.Com

मन्त्रीले नै उक्साउँदा मन्त्री–सचिवबीच कुटाकुट !

उद्योग, वन, पर्यटन र वातावरण मन्त्री रामनरेश राय यादवको उक्साहटमा प्रदेश– २ का आर्थिक मामिलामन्त्री विजय यादव र उद्योग मन्त्रालयका सविच विद्यानाथ झाबीच कुटाकुट भएको खुलासा भएको छ ।

पुस अन्तिम साता मन्त्री–सचिवबीच कुटाकुट भएपछि प्रदेश सरकारले गठन गरेको छानबिन समितिले मन्त्री–सचिवलाई भिडाउने काम उद्योगमन्त्री रायले गरेको प्रतिवेदन तयार परेको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा गठित समितिले घटनाको छानबिन गरेर प्रतिवेदन तयार पारेको छ । स्रोतका अनुसार मन्त्री–सचिवबीच टकराव र कुटाकुटको अवस्था उद्योगमन्त्री रायले गराएको प्रतिवेदनमा उल्लेख रहेको खबर शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर