newskoseli.Com

लागूऔषधसहित नागढुङ्गाबाट तीन पक्राउ

अवैध लागूऔषधसहित महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले तीन जनालाई पक्राउ गरेको छ ।

प्रभागको टोलीले नागढुङ्गामा शनिबार गरेको छुट्टाछुट्टै चेकजाँचका क्रममा लागूऔषधसहित ललितपुरका १८ वर्षीय साजन थापा र विनोद खड्गी तथा काठमाडौंका ३३ वर्षीय सुन्दर खड्कालाई पक्राउ गरेको हो ।

वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ५ ख २९७ नम्बरको यात्रुवाहक बसमा थापा र खड्गी तथा हेटौंडाबाट काठमाडौं आउँदै गरेको ना ४ ख ७४३५ नम्बरको बसबाट खड्कालाई पक्राउ गरिएको जानकारी प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले दिए ।

प्रहरीले थापा र खड्गीसँग तीन ग्राम खैरो हिरोइन र ३७ ट्याब्लेट नाइट्राभेट तथा खड्कासँग १७ एम्पुल नुर्फिन, १७ एम्पुल फेनार्गन र १७ एम्पुल डाइजेल्याब बरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाएको प्रभागले जनाएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर