newskoseli.Com

पिकनिकस्थलमै चट्याङ पर्दा ४ विद्यार्थी र २ सहयोगीसहित ६ घाइते

शनिबार वनभोज मनाउन भक्तपुरको सूर्यविनायक नगरपालिका– ७, घ्याम्पेडाँडा आएका ६ जना विद्यार्थी चट्याङ लागेर घाइते भएका छन् ।

त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले वनभोजको रमाइलो गरिरहँदा वर्षासँगै परेको चट्याङमा परेर उनीहरु घाइते भएको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । उनका अनुसार कालीगण्डकी गाउँपालिका– ४, स्याङ्जाका २४ वर्षीय कमल पाण्डे, सुस्ता गाउँपालिका– ५, नवलपरासीका २५ वर्षीय सत्तेनन्द गुप्ता, कोसीदरैचा नगरपालिका– ४, मोरङ घर भई कीर्तिपुर बस्ने २५ वर्षीय रवि पाण्डे, रुम्जाटार, ओखलढुङ्गा घर भएका त्रिभुवन विश्वविद्यालयका ५७ वर्षीय सुरक्षागार्ड ललित गुरुङ, गौरी नगरपालिका– १, कैलालीका २५ वर्षीय जीवन भण्डारी र सर्लाही घर भई विश्वविद्यालयको क्यान्टिनमा काम गर्ने २९ वर्षीया सीता खड्का घाइते भएका छन् ।

घाइते सबैको डा. इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । शनिबार अचानक परेको असिना–पानीले भक्तपुरमा लगाइएका तरकारी बाली नष्ट भएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर