newskoseli.Com

कीर्तिपुर केन्द्रविन्दु बनाएर शनिबार साँझ ४ रेक्टरको भूकम्प

राजधानीको कीर्तिपुर आसपास केन्द्रबिन्दु भई शनिबार साँझ ८ बजेर ३४ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प भएको छ ।

यो भूकम्प नभर्इ गोरखा भूकम्पको परकम्प मात्र भएको जानकारी खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । काठमाडौंमा परकम्पको ठूलै धक्का महसुस गरिएको छ । यसअघि फागुन २ गते ताप्लेजुङको कञ्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

त्यसअघि माघ ८ गते काठमाडौंको थापाथली केन्द्रबिन्दु भई ३.३ रेक्टरको परकम्प गएको थियो । २०७२ वैशाख १२ को ७.६ रेक्टर स्केलको गोरखा भूकम्पपछि हालसम्म ५ सय ११ पटक परकम्प गैसकेको केन्द्रले जनाएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर