newskoseli.Com

वैदेशिक रोजगार विभागबाट ५ ‘दलाल’ पक्राउ

राजधानीको ताहाचलस्थित श्रम तथा वैदेशिक रोजगार विभागमा सेवाग्राहीलाई ‘ठग्न’ सक्रिय ५ जना ‘दलाल’ (बीचौलिया) लाई प्रहरीले पक्राउ गरेको छ ।

कार्यालयबाट सेवाग्राहीहरुले सिधै सेवा लिन नसक्ने परिस्थिति रहेको तथा बीचौलियाहरूले दस गुणाभन्दा बढी रकम लिएर काम गरिदिने गरेको तथा नक्कली भिसा कार्ड समेत बनाइने गरेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

श्रम स्वीकृतिका लागि विभागमा आएका इन्द्रबहादुर रजाली मगरले आफ्नो पासपोर्ट नम्बर ०५५६८०५७ मा भिसा कार्ड नै सच्याएको अवस्थामा फेला परेर जानकारी दिएपश्चात बीचौलिया कार्यमा संलग्न गणेश कटुवालले उक्त कार्ड बनाउन सहयोग गरेको खुल्न आएको थियो ।

काठमाडौं महानगरपालिका– २६, मित्रनगरस्थत मेची–काली गेस्ट हाउसबाट शनिबार उनलाई पक्राउ गरी अनुसन्धान गर्दा कृष्ण प्रसाईंलगायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर