
राजधानीको बबरमहलस्थित नेपाल टेलिकमको भवनबाट खसेर आइतबार एक कामदारको मृत्यु भएको छ ।
टेलिकमको टावर मर्मतका क्रममा भवनको सातौं तलाबाट खसेर भारत उत्तर प्रदेश घर भएका अन्दाजी ३२ वर्षीय नारायणलाल राठौरको मृत्यु भएको महानगरीय प्रहरी परिसर सिंहदरबारले जनाएको छ ।
प्रहरीका अनुसार अपराह्न टेलिकमको टावर मर्मत गर्ने क्रममा खसेका राठौरको उपचारका लागि नर्भिक अस्पताल पुर्याउने क्रममा मृत्यु भएको थियो । राठौरको शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा लगिएको छ ।