newskoseli.Com

१२ हजार शाखा अधिकृतको सकियो समायोजन

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करिव १२ हजार शाखा अधिकृतको समायोजन गरेको छ ।

सङ्घ, प्रदेश र स्थानीय तहमा करिव १२ हजार शाखा अधिकृत समायोजन गरिएको जानकारी मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले दिएका छन् । उनका अनुसार प्रशासन, लेखा, राजश्व र शिक्षा सेवाका शाखा अधिकृतलाई समायोजन गरिएको छ ।

‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ अनुसार सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गरेको हो । मन्त्रालयले यसअघि सचिव, सहसचिव र उपसचिवलाई सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गरेको थियो । ६ सय ६२ सहसचिवमध्ये सङ्घमा ५ सय ६० र प्रदेशमा १ सय २ तथा उपसचिवमध्ये सङ्घमा ८ सय ३६, प्रदेशमा ८ र स्थानीय तहमा ४ जनाको समायोजन गरेको थियो ।

समायोजन रोजेका सबै कर्मचारीको समायोजन फागुन ३ मा गर्ने मन्त्रालयले बताए तापनि प्राविधिक कारण त्यो हुन नसकेको हो । प्रवक्ता अधिकारीका अनुसार कृषि, वन, स्वास्थ्य र इञ्जिनियर सेवाका शाखा अधिकृतको समायोजन गर्न भने अझै बाँकी छ ।

तीनै तहमा समायोजनका लागि सरकारले पुस ११ देखि माघ २ सम्म अनलाइन फाराम भर्ने समयसीमा तोकेको थियो । सरकारले सङ्घमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ कर्मचारी समायोजन गर्ने खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर