newskoseli.Com

अस्ट्रेलियाली संसद र पार्टीहरुको कम्प्युटर ह्याक : चीन र रूसमाथि आशंका

मुलुकका प्रमुख राजनीतिक दलहरु र संसदका सूचनाहरु ह्याक भएको अस्ट्रेलियाले जनाएको छ । निकै प्रतिस्पर्धात्मक हुने ठानिएको अस्ट्रेलियाको आमनिर्वाचनको सङ्घारमै गोप्य सूचना बाहिरिएको छ ।

दुई हप्ताअघि संसदको कम्प्युटर ह्याक भएको विषयमा अनुसन्धाताहरुले छानबिन गरिरहेको प्रधानमन्त्री स्कट मोरिसनले सांसदहरुलाई जानकारी दिएका छन् । केही राजनीतिक दलको सम्पर्क प्रणाली पनि छिन्नभिन्न पारिएको उनले बताए । ‘हाम्रा साइबरविज्ञहरुको विश्वासमा कुनै सरकारी पक्षले नै यस्तो दुष्ट गतिविधि गरेका हुन्’– प्रधानमन्त्री मोरिसनले बताए । अरु के–कस्ता सामग्री चोरी गरिए भन्ने बारेमा अझै थाहा नभएको उनले बताए ।

अस्ट्रेलियाको संसदको कम्प्युटर प्रणालीमा यसै महिनाको सुरुमा पनि अनधिकृत व्यक्तिको पहुँच रहेको समाचार बाहिरिएको थियो । यस्तो आक्रमण कसले गरेको हो भन्ने अनुसन्धान गरिरहेको अस्ट्रेलियाली सुरक्षा निकायहरुले बताएका छन् । उक्त घटनापछि प्रधानमन्त्री र मन्त्रीहरु स्वयंले आफ्ना पासवर्ड परिवर्तन गर्नुका साथै सुरक्षाका अन्य उपाय अवलम्बन गर्न बाध्य भएका छन् ।

एक वा दुई मुलुकका विज्ञले मात्र यस्तो कार्य गर्न सक्ने साइबर सुरक्षाविज्ञ फर्गस हान्सोनले बताए । सम्भावित शंकास्पद मुलुकमा चीन पहिलो श्रेणीमा रहेको दाबी पनि उनले गरे । रुससँग पनि यस्तो क्षमता रहेको उनले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर