newskoseli.Com

विवादास्पद ‘वरिष्ठतम् न्यायाधीश’ दीपकराज जोशीले दिए राजीनामा

चरम विवादित सर्वोच्च अदालतका ‘वरिष्ठतम् न्यायाधीश’ दीपकराज जोशीले आफ्नो पदबाट राजीनामा दिएका छन् । वरिष्ठतम् न्यायाधीश जोशीले मंगलबार प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबरामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका हुन् ।

संसदीय सुनुवाइ समितिले प्रधान न्यायाधीशका लागि जोशीको नाम अनुमोदन नगरेपछि न्यायसम्पादन गर्ने वा नगर्ने विवादका बीच उनले सर्वोच्च अदालतमा काम गरिरहेका थिए ।

प्रधान न्यायाधीश पदमा जबरा नियुक्त भएसँगै उनलाई न्यायसम्पादनको जिम्मेवारीबाट मुक्त गरिएको थियो । त्यसपछि बिदामा बसेका जोशीको कार्यकाल आगामी जेठसम्म मात्र थियो । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर