newskoseli.Com

१७ वर्ष पुरानो राष्ट्रिय यातायात नीति संशोधन हुँदै

सत्र वर्ष पुरानो राष्ट्रिय यातायात नीति अब भने संशोधन हुने भएको छ । भौतिक योजना तथा यातायात मन्त्रालयले राष्ट्रिय यातायात नीति, २०५८ लाई संशोधनको तयारी गरिरहेको छ ।

नीति पुरानो र समयानुकूल नभएकाले संशोधन गर्न लागिएको मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले बताए । उनका अनुसार त्यति बेलाभन्दा अहिले यातायातका क्षेत्रमा धेरै खालका परिवर्तन आए पनि ती परिवर्तनलाई नीतिले समेटेको छैन । पहिले यातायात भन्नाले सडक यातायात मात्रै भएकाले अहिले जल यातायात र रेल यातायातलाई समेत समेटिने गरी संशोधनको तयारी भइरहेको छ ।

सार्वजनिक यातायात व्यवस्थापनका विषयमा समेत नीतिले समेट्ने सापकोटाले बताए । उनले भने– ‘नयाँ नीतिले सबै यातायात र त्यसको व्यवस्थापनमा स्थानीय, प्रादेशिक र केन्द्रीय सरकारमध्ये कुन सरकारको भूमिका के हुनेछ भन्ने कुरा पनि प्रस्ट पार्नेछ ।’

नेपालमा रेल यातायातको विस्तार र जल यातायातको सुरुआत गर्नका लागि नीति संशोधन महत्त्वपूर्ण हुनेछ । मन्त्रालयले अहिले सडक र यातायातसँग सम्बन्धित तीन ऐन संशोधनको समेत तयारी गरिहेको सापकोटाले बताए । सार्वजनिक सडक ऐन, २०३१, यातायात व्यवस्था ऐन, २०४९ र सडक बोर्ड ऐन, २०५८ संशोधनको क्रममा रहेको जानकारी उनले दिए । सापकोटाले भने– ‘नयाँ संरचना अनुसार यातायात सेवा सञ्चालन र व्यवस्थापनका लागि नयाँ बन्ने व्यवस्थाले सहयोग गर्नेछ ।’ रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर