newskoseli.Com

प्रचण्ड, माधव र विष्णु धनगढीमा, ओली बुधबार पुग्ने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरु मंगलबार धनगढी पुगेका छन् ।

बुधबार धनगढीमा हुने पार्टीको विशेष कार्यकर्ता भेलामा सहभागिताका लागि अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेलसहितका नेताहरु धनगढी पुगेको नेकपाका सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले जानकारी दिएका छन् ।

भेलालाई नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल सहितका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष थापाले बताए ।

अध्यक्ष प्रचण्डले मंगलबारै धनगढीस्थित नेकपाको सुदूरपश्चिम प्रदेश कार्यालय पुगेर त्यहाँको निरीक्षण गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर