newskoseli.Com

विद्यार्थी र अभिभावक सवार जिप दुर्घटना : कम्तिमा ३ को मृत्यु, थप विवरण आउँदै…

जैमिनी नगरपालिका– ८, छिस्तीमा मंगलबार साँझ जिप दुर्घटना हुँदा कम्तिमा तीन जनाको मृत्यु भएको छ ।

ध १ ज ७९१ नम्बरको जिप छिस्तीको टुनीबोटमा दुर्घटना भएको हो । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । छिस्तीको जनकल्याण माविको वार्षिकोत्सव मनाएर घर फर्कंदै गरेका विद्यार्थी र अभिभावक सवार जिप दुर्घटनामा परेको वडाध्यक्ष विजय शर्मा अधिकारीले बताए ।

सडकदेखि करिव सात सय मिटर तल खसेको जिपमा यति नै मानवीय क्षति भएको भनस् यकिन गर्न नसकेको अधिकारीको भनाइ छ । घटनास्थलमा उद्धारको कार्य भइरहेको र विस्तृत विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर