newskoseli.Com

नक्कली नोट छाप्ने २ जना र लागूऔषधसहित ३ जना पक्राउ

नक्कली नोट छाप्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।

हेटौंडा नगरपालिका– ९ का ३३ वर्षीय प्रेमबहादुर तामाङ र सोही नगरपालिका– १ की २५ वर्षीया सरस्वती बलामीलाई सोमबार वडा प्रहरी कार्यालय बगरको टोलीले पक्राउ गरेको हो ।

पोखरा महानगरपालिका वडा नं. ५ पर्स्याङस्थित डेराबाट नक्कली नोट छाप्दाछाप्दै उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए ।

पोखरा– १६, अर्मलास्थित गुरुङ किराना पसलमा १ हजारको नोट दिएर १ सय रुपैयाँको एनसेलको रिचार्ज कार्ड खरिद गरेका र पछि नक्कली नोट भएको थाहा पाएपछि प्रहरीलाई दिएको सूचनाका आधारमा उनीहरुलाई तत्काल पक्राउ गरिएको जानकारी उनले दिए ।

ग १४ प २५४ नम्बरको मोटरसाइकल प्रयोग गरेर विशेष गरी महिला तथा बालबालिका भएको पसलमा नक्कली नोट दिने गरेको बताउँदै उनीहरुले पोखराको विभिन्न २ सय स्थानमा नोट साटेको जानकारी उनले दिए ।

प्रहरीका अनुसार उनीहरुको कोठाबाट ल्यापटप र कलर प्रिन्टर एक–एक थानसहित १ हजार दरका १९ थान नक्कली नोट र १ लाख २८ हजार ४ सय ३० रूपैयाँ नेपाली र १ हजार भारतीय रुपैयाँलगायत अन्य सामग्री फेला परेको छ ।

लागूऔषधसहित तीन पक्राउ

पोखरा महानगरपालिका वडा नं. १० बुद्धचोकबाट ३ सय ६० थान अवैध लागूऔषध सहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले पोखरा– १०, रामघाट बस्ने ३२ वर्षीय विश्वास गुरुङ, रुपन्देही कोटहीमाई गाउँपालिकाका २४ वर्षीय चन्द्रकान्त थारु चौधरी र पोखरा– ९, शिवटोल बस्ने २५ वर्षीय आशिष श्रीपालीलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट आगूऔषध नर्फिन १२०, फेनारागन १२० र डाइजापाम १२० थान पक्राउ गरेको प्रहरीले जनाएको छ । मुद्रासम्बन्धी कसुर र लागूऔषध मुद्दामा म्याद थप अनुमति लिर्इ थप अनुसन्धान भइरहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर