newskoseli.Com

प्राज्ञिक क्षेत्रको लाजमर्दो विडम्बना : ‘यौन दुर्व्यवहार’ को आरोपमा त्रिविका सहायक डिन निलम्बित !

नेपालको प्राज्ञिक इतिहासमा एउटा ज्यादै नै लाजमर्दो र विडम्बनापूर्ण घटना देखा परेको छ ।

बिहीबार बसेको त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदको आकस्मिक बैठकले ‘यौन दुर्व्यवहार’ को आरोप लागेका शिक्षाशास्त्र सङ्कायका सहायक डिन बबुवालाल साहलाई पदबाट निलम्बन गरेको छ । परिषदको आकस्मिक बैठकले साहलाई निलम्बन गर्ने निर्णय गरेको जानकारी रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले दिएका छन् ।

उनका अनुसार त्रिविमा ट्रान्सक्रिप्ट निकाल्न आएकी एक छात्रालाई ‘यौन दुर्व्यहार’ गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएपछि उनलाई त्रिविको जिम्मेवारीबाट हटाइएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर