newskoseli.Com

सचिवालय र कार्यदलको संयुक्त बैठक : एकता टुंग्याउनेबारे छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसेको छ । पार्टीको बाँकी सांगठनिक एकीकरणको प्रस्ताव तयार पार्ने विषयमा बैठकमा एकीकरण कार्यदलका सदस्यहरुसँग सामूहिक छलफल चलिरहेको छ ।

सोमबार बसेको सचिवालय बैठकमा कार्यदलले बुझाएको अधकल्चो प्रतिवेदनमाथि संक्षिप्त छलफल भएको थियो । सोही बैठकले कार्यदलसहितको संयुक्त बैठक बस्ने निर्णय गरेअनुरुप बिहीबारको बैठक बसेको हो ।

पार्टी एकीकरणमा अनपेक्षित बिलम्ब भएपछि सर्वत्र असन्तुष्टि र आलोचना बढ्दै गएको सन्दर्भमा यो बैठकले एकीकरण प्रक्रियालाई निष्कर्षको दिशामा अघि बढाउने नेताहरुले बताएका छन् ।

एकीकरण टुङग्याउनेगरी मापदण्ड बनाउन नेकपाले पुस १३ मा ९ सदस्यीय कार्यदल गठन गरेको थियो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ संयोजक रहेको कार्यदलमा महासचिव विष्णु पौडेल तथा स्थायी समितिका सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, वर्षमान पुन, लेखराज भट्ट, योगेश भट्टराई, बेदुराम भुसाल र रघुवीर महासेठ सदस्य थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर