सत्ताधारी नेकपाका तर्फबाट विजयी प्रदेश– ५ का सांसद उत्तरकुमार वलीको निधन भएको छ ।
२४ माघमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका वलीको उपचारकै क्रममा शुक्रबार बिहान ३ बजे राजधानीस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । दाङको मुसोट खोला नजिकै दुर्घटनामा परेका वली १६ दिनसम्म ‘कोमा’ मै रहेका थिए ।
उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा लगिँदै गरेको र शुक्रबार अपराह्न दाहसंस्कार गरिने बताइएको छ । दिवंगत सांसद वलीका श्रीमती र दुई छोरा छन् ।