newskoseli.Com

‘राष्ट्रिय’ पत्रपत्रिकाहरु किन जलाइए लहानमा ? ट्याक्टरले किच्दा बालकको मृत्यु

शुक्रबार बिहान सिरहाको लहानमा विभिन्न ‘राष्ट्रिय’ पत्रपत्रिकाहरु जलाएका छन् ।

लहानस्थित सीता नोबेल न्युज सेन्टर अगाडि बिक्रीका लागि राखिएका कान्तिपुर दैनिक, द काठमाडौं पोस्ट, साप्ताहिक, हल्लो शुक्रबारलगायतका करिव ४ सय प्रति पत्रिका अज्ञात समूहद्वारा जलाएर खरानी बनाएको हो ।

‘बिहानै पसल खोल्न पुग्दा पत्रिका जलिरहेका थिए,’ पसल सञ्चालक दिनेश देवले भने– ‘म पसल पुग्दा पत्रिका जलिरहेका थिए, कसले र किन पत्रिका जलायो भन्ने बारेमा केही थाहा भएन ।’

इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले घटनाबारे अनुसन्धान भइरहेको बताए । केही दिनअघि सीता नोबेल पसलका लागि आएको कान्तिपुर, काठमाडौं पोस्टलगायतका पत्रिका चोरी समेत भएका थिए ।

ट्याक्टरले किच्दा बालकको मृत्यु

सिरहाको कर्जन्हा नगरपालिका– १०, प्रयागपुरस्थित भित्री सडकमा ट्याक्टरले किच्दा एक बालकको मृत्यु भएको छ ।

स्थानीय वसन्त सदाका १० वर्षीय छोरा आशिष सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । बालुवा लोड गरी उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स १ त ४२३१ नम्बरको ट्याक्टरमा सवार आशिष अचानक ट्याक्टरबाट लड्दा सोही ट्याक्टरले किचेको थियो ।

ट्याक्टरले किचेपछि गम्भीर घाइते भएका बालकको उपचारका क्रममा कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर