newskoseli.Com

ऊर्जामन्त्रीको घोषणा : ३ वर्षभित्र देशैभर झिलिमिली !

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको तीन वर्षभित्र देशैभर विद्युत् विस्तार हुने बताएका छन् ।

रिपोर्टर्स क्लब दाङ शाखाले शुक्रबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा ‘नेपालको पानी र जनताको लगानी’ लाई सार्थक तुल्याउने काम भइरहेको उनले उल्लेख गरे । ‘विभिन्न स्थानमा विद्युत् उत्पादनको काम भइरहेको छ, अबको पाँच वर्षमा जनताले मागे जति विद्युत् उपलब्ध गराउनेतर्फ सरकार लागेको छ’– मन्त्री पुनले भने ।

‘विद्युत् विस्तारका लागि तुलसीपुर उपमहानगरपालिकासँग साझेदारी कार्यक्रम गर्नेबारे कुरा भएको छ, अब दाङका २२ वटै नाकामा विद्युत् पुर्‍याउन लाग्नेछौं’– उनले भने ।

रदेश नंं. ५ को राजधानी सबैलाई पायक पर्ने स्थानमा राखिनेमा जोड दिँदै मन्त्री पुनले भने– ‘बाँके–बर्दियालगायतका जिल्लाले पनि कुरा उठाएका छन्, प्रदेशसभाले सबै स्थानीय तहको निकटताका हिसाबले प्रदेशको स्थायी राजधानी तोक्ने छ’– उनले भने ।

शोकमा उपमहानगरका सबै वडा बन्द

पाँच नं. प्रदेश अन्तर्गत दाङ क्षेत्र नं. ३ (ख) का सांसद उत्तरकुमार वलीको निधनमा तुलसीपुर उपहानगरपालिकाले शुक्रबार ३ (ख) अन्तर्गतका सबै वडा कार्यालय बन्द गरेको छ ।

उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेका अनुसार उक्त क्षेत्रमा पर्ने १, २, १० र ११ नं. वडा कार्यालय एक दिन बन्द गर्नुका साथै १३ दिनसम्म वडा कार्यालयमा शोक पुस्तिका राख्न समेत निर्देशन दिइएको छ ।

दुर्घटनामा परेका सांसद वलीको उपचारकै क्रममा शुक्रबार बिहान ३ बजे काठमाडौंको मेडिसिटी अस्पतालमा निधन भएको खबर राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर