newskoseli.Com

संसदमा खानेपानी मन्त्रीको जवाफ : ‘मेलम्ची बनाउन सीएमसी फर्किए स्वागत गर्न सरकार तयार’

बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको बाँकी काम पूरा गर्ने विषयमा सरकारले दुई वटा विकल्पबारे छलफल गरिरहेको खानेपानी मन्त्री विना मगरले बताएकी छन् ।

प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरुको शुक्रबार जवाफ दिँदै सरकारले चाँडोभन्दा चाँडो मेलम्चीको पानीलाई काठमाडौं ल्याउन दुई वटा विकल्पमा छलफल गरिरहेको मन्त्री मगरले बताइन् ।

ठेक्का सम्झौता तोडेको इटलियन कम्पनी सीएमसीलाई पुनः काममा फिर्ता बोलाउने वा नयाँ ठेक्का प्रक्रिया गरेर मेलम्ची आयोजनालाई छिटोभन्दा छिटा सक्ने विषयमा छलफल भइरहेको जानकारी मन्त्री मगरले दिइन् ।

‘दुई वटा विषयलाई सँगसँगै लैजान खोजेका छौं,’ मन्त्री मगरले भनिन्– ‘सीएमसी आउँछ भने नेपाली भेन्डर समस्या समाधान गर्न सक्छौं ऊ आयो भने अलि चाँडो काम हुन्छ र विधिसम्मत रुपमा सीएमसी आउँछ भने स्वागत गर्न सरकार तयार छ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर