newskoseli.Com

शुक्रबार र आइतबार फेरि वर्षाको सम्भावना !

पश्चिमी वायुको प्रभावका कारण शुक्रबार फेरि काठमाडौं उपत्यकासहित देशभर आंशिक बदली हुनुका साथै केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले काठमाडौंसहित देशको पहाडी भूभागका केही स्थानहरुमा मध्यान्नपछि मेघगर्जनसहित छिटफुट वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन् । उनका अनुसार यसको प्रभाव शुक्रबार मात्रै कायम रहनेछ र शनिबारदेखि मौसम पूर्ण सफा हुनेछ ।

राति देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार देशको पश्चिमी र मध्य भूभागका केही स्थानमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार देशको पश्चिमी र मध्य भूभागमा सामान्यदेखि पूर्ण बदली रही पहाडी भूभागका एक–दुई स्थानहरुमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरण अनुसार शुक्रबार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २५ दशमलव शून्य डिग्री र न्यूनतम तापक्रम ८ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम २९ दशमलव २ डिग्री सेल्सियस रहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर