newskoseli.Com

एनसेल हेडक्वार्टरमा सम्साँझै बम विष्फोट

ललितपुरको नख्खुस्थित एनसेल प्रालिको मुख्यालयस्थित मूल गेटमा शुक्रबार साँझ बम विष्फोट भएको छ ।

एनसेल मुख्यालमा बम विष्फोट भएको महागनरीय प्रहरी परिसर, ललितपुरका एसपी गोविन्द थपलियाले पुष्टि गरेका छन् ।

घटनामा केही घाइते भएको थपलियाले जनाएका छन् । घटना कसले घटाएको हो र विष्फोटबाट के–कति क्षति पुग्यो भन्नेबारे केही खुलेको छैन । घटनालगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेको छ ।

बम विष्फोटमा तीनजना घाइते भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिएका छन् । घाइते प्रतिक्षा खड्काको अल्का अस्पताल, आयुषा मानन्धरको मेडिसिटी अस्पताल र सिंहप्रसाद गुरुङको बीएण्डबी अस्पतालमा उपचार भइरहेको प्रवक्ता सुवेदीले बताए । बम ठूलो आवाजले पड्किएको ललितपुरका स्थानीयवासी प्रकाश सोतीले बताए ।

बिहीबार राति मात्रै पनि बाग्लुङस्थित एनसेलको टावरमा आगजनी गराइएको थियो । शुक्रबार साँझ नै कमलपोखरीस्थित ‘आँगन’ मिठाई पसल अगाडि पनि शंकास्पद वस्तु भेटिएको छ । सो वस्तु बम भएको आशंका गरिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर