newskoseli.Com

अफिमका १ लाख बिरुवा प्रहरीद्वारा नष्ट

लागूऔषध अफिमका एक लाख बिरुवा जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार नष्ट गरेको छ । लेकबेंसी नगरपालिका– ८, लामिडाँडा, सुर्खेतमा खेती गरिएका एक लाखभन्दा बढी अफिमका बिरुवा प्रहरीले नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक निरञ्जन घिमिरेको नेतृत्वमा खटिएका १८ जना र इलाका प्रहरी कार्यालय लेकबेंसी, सुर्खेतबाट प्रहरी नायव निरीक्षक मोहनलाल कुमाईंको नेतृत्वमा खटिएका ६ जनासहित २४ जनाको प्रहरी टोलीले अफिमखेती नष्ट गरेको जिप्रका सु्र्खेतका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन् ।

प्रहरीले स्थानीय जनप्रतिनिधि, नागरिक अगुवा र सर्वसाधारणको सहभागितामा ६ बिघा क्षेत्रफलमा लगाइएको अफिम नष्ट गरेको प्रवक्ता क्षेत्रीले बताए । प्रहरीले लामिडाँडा गाउँमा ‘सामुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत लागूऔषधसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको छ । नियन्त्रणको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई जिप्रका सुर्खेतले प्रत्येक महिना ‘उत्कृष्ट लागूऔषध नियन्त्रण पुरस्कार’ दिँदै आएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर