संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनामा परेको खबर आएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीमा उपलब्ध सबै मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् ।
सम्भावित अनिष्ट र उद्धारको सम्भावनालगायत केही महत्त्वपूर्ण विषयमा तत्काल छलफल गर्नुपर्ने भन्दै बुधबारका बाँकी सबै कार्यक्रम रद्द गरेर प्रधानमन्त्रीले मन्त्रीहरुलाई बालुवाटार बोलाएको बताइएको छ ।