
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्ता बुधबार धरानको पानबारीबाट पक्राउ परेका छन् ।
धरान– ५, पानबारी सडकखण्डमा को ५ प ७५ नम्बरको मोटरसाइकलबाट पूर्वतर्फ जाँदै गरेका मोरङको बेलबारी नगरपालिका– १० का देवकुमार लिम्बूलाई लङ मेसिन गन (एलएमजी) र एम– १६ राइफलसहित पक्राउ गरिएको दावी पानबारी प्रहरी कार्यालय धरानले गरेको खबर राससले प्रेषित गरेको छ ।