पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको निधनमा सरकारले बिहीबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।
बुधबार अपराह्न बसेको मन्त्रिपरिषदको आकस्मिक बेठकले मन्त्री अधिकारीको शोकमा बिहीबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । शोकको घडीमा बिहीबार देशभर र विदेशस्थित कूटनीतिक नियोगहरुमा सार्वजनिक बिदा दिइनुका साथै राष्टिङय झन्डा आधा झुकाइने भएको छ ।
मन्त्रिपरिषदले मन्त्री अधिकारीको अन्त्येष्टि राजकीय सम्मानका साथमा गर्ने निर्णय गरेको छ । सरकारले अकल्पनीय, अप्रत्याशित र दुःखद् घटनाले राष्ट्रलाई अपूरणीय क्षति भएको बताएको छ । ‘नेपाल सरकार यस दुःखद् घडीमा अत्यन्त गहिरो दुःख र शोक व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछ’– मन्त्रिपरिषदको निर्णयमा उल्लेख छ ।