
नेपाली कम्युनिस्ट आन्दोलनका पुराना नेता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था चिन्ताजनक अवस्थामा पुगेको छ ।
बिहीबारदेखि अचेत अवस्थामा रहेका ८३ वर्षीय नेता अधिकारीको स्वास्थ्यमा थप समस्या भएपछि उनलाई भेन्टिलेटरमा राखिएको छ । तीन सातायता धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा राखिएका अधिकारीलाई श्वासप्रश्वास, मुटु र फोक्सोमा समस्या देखिएपछि पुस २३ देखि मेडिसीटी अस्पतालमा राखेर उपचार गरिएको थियो ।
अधिकारीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि उनका तीन छोरीमध्येकी जेठी लुना अधिकारी शनिबार सिक्किमबाट फर्कने भएको जानकारी पारिवारिक स्रोतले दिएको छ ।