newskoseli.Com

‘वाइडबडी प्रकरणमा रवीन्द्र अधिकारीको संलग्नता छैन’ : प्रधानमन्त्री ओली

हेलिकप्टर दुर्घटनामा भर्खरै ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको ‘वाईडबडी विमान खरिद प्रकरण’ मा कुनै पनि संलग्नता नरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसरी भएको चर्चाप्रति आपत्ति जनाएका छन् ।

‘केही तत्त्वले मन्त्री अधिकारीलाई सो प्रकरणमा जोडेर मानमर्दन गर्न खोजेको’ भन्दै प्रधानमन्त्री ओलीले आपत्ति जनाएका छन् । दिवंगत मन्त्री अधिकारीको निधनप्रति शोक प्रस्ताव पारित गर्न शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै मन्त्री अधिकारी कुनै पनि लोभलालचमा पर्ने खालको व्यक्ति नभएको प्रधानमन्त्री आलीले स्पष्ट पारे ।

मन्त्री अधिकारीलाई सो प्रकरणमा जोडेर लाञ्छना लगाउने र मानमर्दन गर्ने काम गरिए पनि त्यस्तो हल्ला सत्य नभएको प्रधानमन्त्री ओलीले बताए । मन्त्री अधिकारीले नेपालको नागरिक उड्डयनको क्षेत्रमा असाधारण काम गरेको चर्चा ओलीले गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर