newskoseli.Com

‘भरतमोहनलाई बचाउन सक्ने सम्भावना न्यून’ : अस्पतालको प्रष्टोक्ति ! (विज्ञप्तिसहित)

नेपाली कम्युनिस्ट आन्दोलनका एक पुराना नेता, हाल नेकपाका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य स्थिति अत्यन्तै गम्भीर बन्न पुगेको ह्याम्स अस्पतालले जनाएको छ ।

उनी उपचाररत यस अस्पतालले शनिबार पत्रकार सम्मेलन गर्दै नेता अधिकारीलाई ‘बचाउन सकिने सम्भावना अत्यन्तै न्यून रहेको’ जनाएको छ । अधिकारीलाई अहिले भेन्टिलेटरमा राखेर रक्तचाप बढाउने औषधिहरु प्रयोग गरिएको जानकारी अस्पतालले दिएको छ ।

‘उहाँका सम्पूर्ण महत्त्वपूर्ण अंगहरुले काम गर्न छाड्दै गएको देखिन्छ र उहाँलाई कृत्रिम श्वासप्रश्वासका लागि भेन्टिलेटरमा राखिएको छ,’ पत्रकार सम्मेमलनमा ह्याम्सका चिकित्सक भास्करराज पन्तले भने– ‘रक्तचाप बढाउने औषधिको प्रयोग गर्नुपरेको छ, बितेको २४ घन्टादेखि पिसाब भएको छैन र समग्रमा हाम्रो सम्पूर्ण प्रयासका बाबजुत उहाँलाई बचाउन सक्ने सम्भावना न्यून देखिन्छ ।’

पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा अधिकारीको उपचार जारी राखिएको अस्पतालले जनाएको छ । अधिकारीको फोक्सो र मुटुमा समस्या देखिएपछि उनी तीन सातादेखि सोही अस्पतालमा उपचाररत छन् ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर