newskoseli.Com

पूर्वउपप्रधानमन्त्री भारतमोहन अधिकारीको निधन

पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ ।

ह्याम्स अस्पतालमा उपचाररत ८२ वर्षीय अधिकारीको शनिबार राति निधन भएको हो । नेपाली कम्युनिस्ट आन्दोलनका पुराना नेता एवं सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता अधिकारीको आइतबार अन्तिम संस्कार हुने भएको छ ।

अन्तिम श्रद्धाञ्जलिका लागि अधिकारीको पार्थिव शरीर आइतबार बिहान ९ देखि १२ बजेसम्म धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा राखिने जानकारी नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले दिएका छन् ।

फोक्सो र मुटुको समस्याले तीन सातादेखि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत नेता अधिकारीको शनिबार राति ९ः३५ मा निधन भएको अस्पतालका मेडिकल डारेक्टर डा. भाष्करराज पन्तले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

तत्कालीन नेकपा (एमाले) का अध्यक्ष मनमोहन अधिकारीले नेतृत्व गरेको सरकारमा अर्थमन्त्री रहँदा भरतमोहनले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता र आफ्नो गाउँ आफैं बनाऔं जस्ता कार्यक्रम ल्याएका थिए । चार पटक सांसद बनेका अधिकारीले भौतिक योजना तथा निर्माण र कानुन तथा न्याय मन्त्रालय पनि सम्हालेका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर