newskoseli.Com

६ जना ‘बेहुली’ सजिए यसरी : तर लिनै आएनन् कुनै ‘बेहुला’, किन ?

छोरेपाटनकी सोफिया खाती उमेरले बल्ल १८ पुगिन् । प्लस टुमा अध्ययनरत छिन् उनी । झपक्क गहनासहित साडीमा सजिएर ‘बेहुली’ बनेकी उनी केही लजाउँदै थिइन् ।

झपक्क गरगहना र रातो लेहङ्गासहित सोह्रशृङ्गारमा सजिएर उनी ‘दुलही’ बनेर त निस्किन् तर उनको पर्खाइ यत्तिकै भयो, उनलाई लिन ‘दुलहा’ चाहिँ आएनन् । आखिर किन ? सोफियाजस्तै अरु ५ जना ‘बेहुली’ बनेर सजिए शनिबार । दुपट्टा साडी र लेहङ्गासहित गरगहनाले सुसज्जित भए ।

लाग्थ्यो– अब बेहुला आउँदैछन्, जन्तीसहित उनीहरुलाई लिन । तर, सोचेजस्तो जन्तीसहित कोही बेहुला दुलहीको सामु आएनन् । कारण थियो– उनीहरु विवाहमण्डपमा नभई स्टेजमा उत्रिएका थिए; बेहुली–शृङ्गार प्रतियोगिताका सहभागी भएर ।

राष्ट्रिय सौन्दर्यकला व्यवसायी सङ्घ कास्कीले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय बेहुली शृङ्गार प्रतियोगितामा ११ जिल्लाका १३ सौन्दर्यकर्मीले सहभागिता जनाए । विभिन्न चरणबाट छानिएका ६ प्रतिस्पर्धीले ६ थरी बेहुली–शृङ्गार गरेका थिए । चितवनकी नवीना लामाले जितिन् दुलही–शृङ्गार प्रतियोगिताको उपाधि ।

परापूर्वकालदेखि नै सुन्दरताको महत्त्व निकै हुने गरेको र सुन्दरता व्यक्तित्वको एक सबल पक्ष समेत भएको बताउँदै विवाहमा पनि बेहुलीको शृङ्गार र सुन्दरताकै विशेष महत्त्व हुने राष्ट्रिय सौन्दर्यकला व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष एवं वरिष्ठ सौन्दर्यकर्मी कमला श्रेष्ठले बताए । श्रेष्ठले भने– ‘सौन्दर्य पेशा सिपमूलक भएकाले सिप सिकेर कला प्रदर्शन गर्न सक्ने जो–कोही पनि आत्मनिर्भर हुन्छ, पछिल्लो समय सौन्दर्य क्षेत्रले महिलालाई अत्यधिक रोजगारी प्रदान गरेको छ ।’

सौन्दर्य पेशा कलात्मक र सिर्जनशील भएकाले यसको महत्त्वलाई उजागार गर्न ‘बेहुली प्रतियोगिता’ को आयोजना गरिएको कार्यक्रम संयोजनक दीपा कार्कीले जानकारी दिइन् । सौन्दर्यकर्मीको पेशागत दक्षता तथा क्षमता बढाउन र हरेक परिस्थितिमा आत्मविश्वासका साथ अग्रसर हुने वातावरण निर्माणका लागि सङ्घ क्रियाशील रहेको सङ्घका जिल्ला अध्यक्ष सोनाम गुरुङले बताए । विवाहमा बेहुलीको सुन्दरता र शृङ्गारको चर्चा निकै हुने भएकाले बेहुली पहिरन अनुसारको शृङ्गारमा सौन्दर्यकर्मीले विशेष कलातर्फ ध्यान दिनुपर्ने सङ्घका संस्थापक अध्यक्ष चन्द्र श्रेष्ठले बताए ।

कार्यक्रममा आकृति गुरुङ फस्र्ट रनर–अप र मनिषा कोंजु सेकेन्ड रनर–अप तथा सुप्रिया भुजेल भिओर च्वाइस भएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर