
प्याराग्लाइडिङ दुर्घटना हुँदा एक रसियन नागरिकको मृत्यु भएको छ ।
पोखराको सराङकोटबाट उड्ने क्रममा दुर्घटनामा परेका उनको मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बैदाम प्रहरी कार्यालयका प्रमुख कोमल शाहले जानकारी दिए ।
सोमबार पनि माछापुच्छ्रे गाउँपालिका– ९, ठाँटीमा पोर्चुगलका एक प्याराग्लाइडिङ पाइलट करेन्ट लाग्दा भुइँमा झरेका थिए भने अर्का रसियन पाइलट मादी गाउँपालिका– ७, छाचोकमा रुखमा अड्किएका थिए ।
आइतबार मात्र सराङकोटबाट उडेका रोमानियाका पाइलट इबि चिसजिरले पनि प्याराग्लाइडिङ दुर्घटनामै ज्यान गुमाएको खबर राससले प्रेषित गरेको छ ।