newskoseli.Com

सीके राउत र सरकारबीच ११ बुँदे सहमति (सहमतिपत्रसहित)

केही वर्षदेखि तराई–मधेश क्षेत्रमा ‘पृथकतावादी आन्दोलन’ को प्रयास गरिरहेका भनिएका र सर्वोच्च अदालतको आदेशबाट बिहीबार मात्रै थुनामुक्त भएका सीके राउतले नेतृत्व गरेको ‘स्वतन्त्र मधेस गठबन्धन’ र नेपाल सरकारबीच शुक्रबार ११ बुँदे सहमति भएको छ ।

राजधानीको राष्ट्रिय सभागृहमा सरकारले आयोजना गरेको एक समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र सीके राउतले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिको सुरुकै बुँदामा सीके राउतले मुलुकको ‘अखण्डता’ स्वीकारेका छन् भने नेपाल सरकारले उनको समूहका कार्यकर्ताहरुमाथि लगाइएका मुद्दा फिर्ता लिने भएको छ ।

यस्तो छ सीके राउत र नेपाल सरकारबीच भएको सहमतिको पूर्ण पाठ–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर