
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभाकी सदस्य देवकी मल्ल ‘अपहरणमा परेको’ चर्चा चलिरहेकै बेला सकुशल अवस्थामा प्रहरीको सम्पर्कमा आएकी छन् ।
गृहजिल्ला बझाङमा आयोजित पार्टीको कार्यक्रममा भाग लिएर फर्कंदै गर्दा प्रदेश सांसद मल्ल शुक्रबार सम्पर्कविहीन भएको हल्ला चलेको थियो । उनी बझाङको बिजगडामा सकुशल अवस्थामा प्रहरीको सम्पर्कमा रहेको जानकारी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रवीण धितालले दिएका छन् ।
उनी अपहरणमा परेको वा नपरेको भन्नेबारे अझै पुष्टि हुन नसकेको धितालले बताएको खबर राससले प्रेषित गरेको छ ।