newskoseli.Com

केडिया अपहरणका मुख्य योजनाकार पक्राउ

नेपाली उद्योगपति सुरेश केडिया अपहरणको मुख्य योजनाकारलाई पक्राउ गरी प्रहरीले शनिबार सार्वजनिक गरेको छ ।

केडिया अपहरणका मुख्य योजनाकार भारतीय सहर बिहारको रक्सौल निवासी बब्लु पासवान र गाडी चालक भारतको मोतिहारी निवासी विजयकुमार महतोलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

२०७३ जेठ १३ मा बारा जिल्लाको महागढीमाई नगरपालिका– १ स्थित पसहा पुलबाट उद्योगपति केडिया अपहरणमा परेका थिए । केडिया अपहरणको मुख्य योजनाकार पासवान र चालक महतोलाई पर्साको छिपहरमाई गाउँपालिकाबाट शुक्रबार बिहान नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

सीमापारीबाट आएका संदिग्ध व्यक्तिले आपराधिक घटना घटाउने योजना बनाएको गोप्य सूचनाका आधारमा गाउँपालिका– ५, भिष्वामा कारबाही गर्दा पासवान र महतो फेला परेको उनले बताए । पक्राउ परेका पासवान र महतोविरुद्ध बारा जिल्ला अदालतमा अपहरण, शरीर बन्धक, सङ्गठित अपराध, हातहतियार तथा खरखजाना मुद्दा रहेकाले आवश्यक कारबाहीका लागि दुवै अभियुक्तलाई बारा प्रहरीको जिम्मा लगाइने जानकारी उपरीक्षक ढकालले सञ्चारकर्मीहरूलाई दिए ।

प्रहरीको नियन्त्रणमा रहेका पासवानले केडिया अपहरणको योजना आफूले बनाएको स्वीकार गर्दै प्रतिबन्धित लागूऔषध खरिद गर्न नेपाल आउने क्रममा पक्राउ परिएको बताए । अपहरणमा परेका केडियालाई भारतीय सुरक्षाकर्मीको सहयोगमा भारतको मोतिहारीबाट उद्धार गरिएको थियो । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर