गाउँसभाको तयारीका लागि भन्दै तेमाल गाउँपालिकाले एक हप्तासम्म जनतालाई दिइने सेवा (कामकाज) ठप्प बनाएको छ ।
फागुन २७ मा सो गाउँपालिकाले गाउँसभा तोकेको छ । गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरेर गाउँसभाको तयारी गर्नुपर्ने भएकाले फागुन २० देखि २७ सम्म योजना सम्झौता तथा योजनाको भुक्तानी लगायतका काम गर्न नसकिने जनाएको छ ।
गाउँसभाको तयारी गर्नुपर्ने भएकाले योजनाका सबै सेवा रोक्नु परेको गाउँपालिकाका अध्यक्ष सलामसिं तामाङले बर्ता । उनले भने– ‘गाउँसभाको तयारीका लागि हामी सबै व्यस्त हुन्छौं त्यसैले विभिन्न काम गर्नुपर्ने भएकाले सूचना नै जारी गरी सेवा रोकेका हौं ।’
पूर्वविद्यार्थी नेता समीप त्रिपाठीले भने सार्वजनिक सूचना नै जारी गरेर योजनाका काम रोक्नु नहुने बताए । ‘गाउँपालिकाले काम नै रोक्नु गलत हो, यसबाट योजना सञ्चालन गरिरहेका उपभोक्ता समितिलाई समस्या परेको छ’– उनले भनेको खबर राससले प्रेषित गरेको छ ।