newskoseli.Com

बिहानै डोजरमा आगजनी, घटनास्थलमा आरोप र नारासहितको पर्चा

कृष्णपुर नगरपालिका– ५, गुलरीस्थित ‘महाकाली गौरव विल्डर्स’ को क्रसर उद्योगको जेसीभीमा सोमबार बिहान अज्ञात समूहले आगो लगाइदिएको छ ।

क्रसर उद्योगमा राखिएको ४५ लाख रुपैयाँ मूल्य पर्ने से १ क २५८ नम्बरको जेसीभीमा आगजनी गरिएको हो । इलाका प्रहरी कार्यालय गुलरीका अनुसार जेसीभीमा पेट्रोल छर्केर आगजनी गरिएको छ ।

मापदण्डविपरीत क्रसर उद्योग सञ्चालन भएको, मजदुरको श्रमशोषण गरेको र इन्क्लाब जिन्दावाद लगायतका कुरा उल्लेख भएको पर्चा घटनास्थलबाट प्रहरीले बरामद गरेको छ । क्रसर उद्योगका सञ्चालक प्रमानन्द कपाडीले भने पर्चामा उल्लेख भए अनुसारका कुनै पनि कार्य उद्योगमा नगरिएको दावी गरेका छन् ।

‘उद्योग मापदण्ड अनुसार सञ्चालन भएको छ,’ उनले भने– ‘कुनै पनि मजदुरको श्रमशोषण गरेका छैनौं ।’ आगजनी गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर