newskoseli.Com

‘स्मार्ट लाइसेन्स’ : ७ महिना यताका मात्रै छापिन बाँकी

सात महिनादेखि यताका मात्रै ‘स्मार्ट लाइसेन्स’ (चालक अनुमतिपत्र) वितरण गर्न बाँकी रहेको यातायात व्यवस्था विभागले बताएको छ ।

झन्डै ४ लाख सेवाग्राहीको अनुमतिपत्र छपाइका क्रममा रहेको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताएका छन् । उनका अनुसार यसअघि सेवाग्राहीले आवेदन दिएको एक वर्षसम्मको मात्रै लाइसेन्स वितरण गर्न नसकिएकोमा अहिले त्यो अवधि कम हुँदै गएको हो ।

राजश्व तिरेको सात महिनापछि मात्रै छापिँदा समेत सेवाग्राहीलाई सुविधा नभएकाले त्यसमा सुधार गर्न लागिएको उनले बताए । उनले भने– ‘सेवाग्राहीले राजश्व तिरेको कम समयमा चालक अनुमतिपत्र दिनका लागि हामीले प्रयास गरिरहेका छौं ।’

आवेदन दिएको छोटो अवधिमा नै सेवाग्राहीलाई चालक अनुमतिपत्र वितरण गर्न १० लाख कार्ड खरिद प्रक्रिया सरु भएकोे विभागले जनाएको छ । एकै दिनमा धेरै अनुमतिपत्र छपाइकै लागि विभागले ‘मास प्रिन्टर’ खरिद गर्न लागेको छ । ‘मास प्रिन्टर’ को क्षमता भने एक दिनमा ७ देखि ८ हजारसम्म ‘स्मार्ट लाइसेन्स’ छपाइ गर्ने छ । उनले भने– ‘अहिलेभन्दा तेब्बर क्षमताको उपकरण हुँदा त्यसले अहिले रहेको समस्या हटाउन सक्नेछ ।’

देशभरका कार्यालय विभागअन्तर्गत गए पनि अनुमतिपत्र छपाइ र सफ्टवेयरको काम भने विभाग आफैंले गरिरहेको छ । यातायात व्यवस्था कार्यालय, वाग्मती (हाल प्रदेश नं. ३ कार्यालय) ले भने झन्डै १३ महिनादेखिको चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको बताउँदै आएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर