newskoseli.Com

गृह मन्त्रालयको आग्रह : ‘जो–जोसँग हतियार छन्, ३५ दिनभित्र बुझाऊ !’

कसैले अवैध हातहतियार तथा खरखजाना राखेको भए ३५ दिनभित्र नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय वा नेपाली सेनाको ब्यारेकमा अनिवार्य रुपमा बुझाउन गृह मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रिपरिषदको २०७५ फागुन २८ को निर्णयअनुसार गृहले बिहीबार सार्वजनिक सूचना प्रकाशित गरी कानुनबमोजिम लिनुपर्ने इजाजत नलिर्इ वा इजाजतपत्र नवीकरण नगराई वा इजाजत प्राप्त व्यक्तिको मृत्युपश्चात हकवालाको नाममा नामसारी नगराई वा अन्य जुनसुकै तरिकाले नेपाल राज्यभित्र कोही–कसैले त्यस्तो अवैध हतियार राखेको भएमा बुझाउन सम्बन्धित सबैमा आग्रह गरेको हो ।

‘यसरी बुझाउन ल्याएमा यसअघि अवैध हातहतियार र खरखजाना राखेका कारणले मात्र त्यस्ता व्यक्तिलाई कुनै कानुनी कारबाही नचलाइने हुँदा तोकिएको समयभित्र अवैध हातहतियार तथा खरखजाना अनिवार्य रुपमा बुझाउनुहुन आग्रह गरिन्छ । यदि इजाजत प्राप्त नगरी आफूसँग रहेका हातहतियार तोकिएको अवधिभित्र स्वेच्छाले नबुझाएमा त्यस्ता व्यक्तिउपर प्रचलित कानुनबमोजिम कारबाही गरिने छ’– गृहको सूचनामा उल्लेख गरिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर