newskoseli.Com

हजारौं कुखुरा मरे, ‘बर्डफ्लु’ प्रमाणित : ४ किल्ला तोकी टोली परिचालन

दुई साताअघि हेटौंडामा हजारौं कुखुरा मर्नुको कारण बर्डफ्लु नै भएको पुष्टि भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङका अनुसार परीक्षणबाट बर्डफ्लु प्रमाणित भएकाले चार किल्ला तोकी नियन्त्रणका लागि टोली परिचालन गरिसकिएको छ ।

हेटौंडाका किसान कुलप्रसाद चौलागाईंले पालेका कुखुराको नमूना परीक्षणमा बर्डफ्लुको जीवाणु रहेको पुष्टि भएको हो । दुई साताअघि करौडौंको क्षति हुने गरी दुई दिनको अन्तरालमा हेटौंडाका केही कुखुरा व्यवसायीका हजारौं कुखुरा मरेका थिए । किसानले दिएको जानकारी अनुसार हेटौंडा– ७ मा १० हजारभन्दा बढी कुखुरा मरेका थिए । भेटेनरी अस्पतालले एच नाइन भाइरसको सङ्क्रमण भएको पुष्टि गरे पनि बर्डफ्लु नभएको बताएको थियो ।

विशेष परीक्षणमार्फत नमूना पठाइएको १५ दिनपछि बर्डफ्लु भएको पुष्टि भएको भेटनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र मकवानपुरका प्रमुख चेतनारायण खरेलले जानकारी दिए । ‘मकवानपुरमा बर्डफ्लु देखिएको पुष्टि भयो, नियन्त्रणको विषयमा छलफल हुँदैछ’– उनले भने ।

यस सम्बन्धमा भर्खरै आपतकालीन बैठक सम्पन्न भई नियन्त्रणको काम सुरु भैसकेको प्रमुख जिल्ला अधिकारी तामाङले बताए । हेटौंडा उपमहानगरपालिकाको व्यावसायिक कुखुरापालनका लागि पकेट क्षेत्र मानिने यस क्षेत्रमा किसानका हजारौं कुखुरा केही दिनको अन्तरालमै सखाप भएपछि चिन्तित बनेका किसान बर्डफ्लु प्रमाणित भएपछि थप चिन्तित बनेका छन् । ऋण गरेर कुखुरा पाल्न सुरु गरेको भन्दै अब के हुने हो भन्ने चिन्ताले सताएको हेटौंडा– ८ का किसान सूवर्ण अधिकारीले बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर