newskoseli.Com

प्रचण्ड अमेरिका उड्दै, त्यसअघि सचिवालयको बैठक बस्दै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार संयुक्त राज्य अमेरिका उड्ने भएका छन् ।

सत्ताधारी नेकपाको उच्च स्रोतले दिएको जानकारी अनुसार अध्यक्ष प्रचण्ड मार्च १८ मा अमेरिका जानुअघि नेकपाको केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ ।

पत्नी सीता दाहालको उपचारका लागि अध्यक्ष प्रचण्ड अमेरिका जान लागेका हुन् । अध्यक्ष प्रचण्डसँग सीता दाहालसहित परिवारका अरु केही सदस्य समेत अमेरिका जाने तयारी भएको बुझिएको छ । सीताको उपचारकै लागि अध्यक्ष प्रचण्ड गत असोजमा सिंगापुर गएका थिए । सिंगापुरस्थित माउन्ट एलिजाबेथ अस्पतालमा सीताको लामै उपचार गरिएको थियो ।

मधुमेह र उच्च रक्तचापबाट पीडित पत्नी सीताको अमेरिकामा सफल उपचार हुने अपेक्षा परिवार र शुभचिन्तकहरुले गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर