newskoseli.Com

‘गाउँ–गाउँमा सिंहदरबार होइन, गाउँ–गाउँमा भ्रष्टाचार’ !

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सङ्घीयताको मर्मअनुरुप सिंहदरबारका अधिकार गाउँसम्म पुग्नुपर्नेमा अधिकार नपुगेको बरु भ्रष्टाचार चाहिँ पुगेको आरोप लगाएका छन् ।

नेपाली काङ्ग्रेस कास्कीद्वारा शनिबार पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले वाइडबडी, फोर ‘जी’ लगायतमा आर्थिक अनियमितता भएको भन्दै ती विषयको स्वतन्त्र छानबिन हुनुपर्ने धारणा राखे । काङ्ग्रेसले भ्रष्टाचारीलाई नबोक्ने उनले बताए । संसदमा संसदीय समिति शक्तिशाली हुने चर्चा गर्दै समितिले छानबिन गरिरहेको अवस्थामा सरकारबाट न्यायिक समिति बनाइनु जायज नभएको धारणा उनले राखे ।

नीतिगत त्रुटि, नेतृत्वगत कमजोरीलगायतका कारणबाट नेपाली काङ्ग्रेस कमजोर बनेको उल्लेख गर्दै एक–आपसमा दोषारोपण गर्नुभन्दा पनि सुधारवादी आन्दोलन आवश्यक भएको नेता केसीले बताए । पार्टी व्यक्तिबाट नभर्इ विधिबाट चल्नुपर्ने र कार्यकर्ताले पनि विवेकलाई बन्दी बनाउनु नहुनेमा उनको जोड रहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर