newskoseli.Com

‘प्रेस काउन्सिका सबै माग पूरा गरिन्छ’ : सञ्चार मन्त्रीको आश्वासन

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेस काउन्सिल नेपालले अघि सारेका तथा सार्ने सबै मागहरु यथासिघ्र पूरा गरिदिने आश्वासन दिएका छन् ।

शुक्रबार सञ्चारग्रामस्थित काउन्सिल कार्यालयमा आयोजित काउन्सिलको वार्षिक समीक्षा बैठकमा सहभागी मन्त्री बाँस्कोटाले काउन्सिल र सञ्चार क्षेत्रसम्बद्ध कुनै पनि नियम, कानुन प्रस्ताव नरोकिई यथाशिघ्र कार्यान्वयनमा लगिने बताएका हुन् । एक हप्ताभित्र उपलब्धिमूलक कार्यक्रम बनाएर पठाउन काउन्सिल पदाधिकारीलाई उनले आग्रह गरे ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले काउन्सिललाई अझ प्रभावकारी ढंगले अगाडि बढाइनुपर्ने बैठकमा बताए । तयार भएका ऐन, विनियमावली, निर्देशिकाहरु यथाशिघ्र स्वीकृत हुनुपर्ने र आगामी वर्ष स्वर्णजयन्ती वर्ष भएकाले भव्य रुपमा सम्पन्न गर्ने बताउँदै आइपरेका समस्या समाधानका उपाय तथा मन्त्रालयका तर्फबाट काउन्सिलले गरेका अपेक्षाहरुबारे अध्यक्ष श्रेष्ठले धारणा राखे ।

मुख्य अधिकृत झविन्द्र भुसालले कार्यप्रगति प्रस्तुत गरे । काउन्सिलको भौतिक सम्पत्ति, आर्थिक वर्ष २०७५–७६ का नीतिगत तथा कानुनी उपलब्धि, पछिल्लो दुई वर्षमा भएका महत्त्पूर्ण उपलब्धि, आगामी सोच तथा कार्यक्रमबारे उनले प्रकाश पारे ।

कार्यक्रममा काउन्सिलका सदस्यहरुले प्रादेशिक रुपमा काउन्सिलको कार्यालय स्थापना गरी त्यहींबाट अनुगमन गर्नुपर्ने, मन्त्रालयबाट रोकिएका कामहरु यथाशिघ्र अघि बढाउनुपर्नेलगायतका धारणा राखे । सदस्यहरु गोविन्द आचार्य, गोविन्द चौलागाईं, शुभेच्छाविन्दु तुलाधर, संगीता खड्का, गोपाल बुढाथोकी, चेतनाथ धमला, ईश्वरीप्रसाद ओझा, सदस्य–सचिव बालकृष्ण घिमिरे सहप्रशासकीय अधिकृत तथा सूचना अधिकारी दीपक खनाल, आचारसंहिता अनुगमन (विद्युतीय) शाखाका प्रमुख एवं उपप्रशासकीय अधिकृत रामशरण बोहरालगायत सहभागीता थिए ।

समीक्षा बैठकपश्चात साहित्यिक पत्रकारहरुको टोलीसँग भएको छलफलमा साहित्यिक पत्रकारिताका समस्याहरुलाई समाधान गर्न मन्त्रालयले पहल गर्नुपर्नेलगायतका धारणा राखियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर