newskoseli.Com

‘विप्लव वार्तामा आऊ, सरकारले बोलाऊ’ : देउवाको सुझाव

नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई हत्या–हिंसा छाडेर वार्तामा आउन र उक्त पार्टीलाई वार्तामा बोलाएर सहमतिमा ल्याउन सरकारलाई सुझाव दिएका छन् ।

प्रेस युनियन पाल्पा शाखाद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले प्रेसमाथिको अंकुश लगाउने कार्य सहन नसकिने बताए । प्रकाशन र अभिव्यक्ति स्वतन्त्रतमाथि राज्यले दमन गर्नु नहुने उनले बताए ।

नेपाली काङ्ग्रेस र प्रजातन्त्र पर्यायवाची शब्दजस्तै रहेको बताउँदै प्रतिपक्षीका रुपमा रहेको काङ्ग्रेस पार्टी रेलिङ भाँच्ने पार्टी नभएको उनले उल्लेख गरे । नेपाली काङ्ग्रेस हिन्दू धर्मको पक्षमा उभिएको हो त भन्ने सञ्चारकर्मीकोे प्रश्नमा देउवाले कांग्रेसले नेपालको संविधानमा भएको व्यवस्थालाई मान्ने बताए ।

गिरिजाप्रसाद कोइरालाले नै धर्मनिरपेक्षताको नेतृत्व गरेकाले शेखर र शङ्शाक कोइरालाले हिन्दू धर्मका पक्षमा बोलेर केही नहुने उनले बताए । वर्तमान सरकारले एक वर्षको अवधिमा राम्रा काम गर्न नसकेको दावी देउवाले गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर