newskoseli.Com

वरिष्ठ पत्रकार मणीन्द्रराज श्रेष्ठको निधन

वरिष्ठ पत्रकार मणीन्द्रराज श्रेष्ठको शनिबार दिउँसो निधन भएको छ । राष्ट्रिय समाचार समिति (रासस) को संस्थापक सदस्य समेत रहेका श्रेष्ठको हृदयाघातका कारण निधन भएको हो ।

काठमाडौं महानगरपालिकाअन्तर्गत ताहाचल निवासी श्रेष्ठलाई हृदयाघात भएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल ल्याउने क्रममा बाटामै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनी ८६ वर्षका थिए । शनिबार साँझ नै पशुपतिस्थित आर्यघाटमा उनको अन्त्येष्टि गरिएको छ । दिवंगत श्रेष्ठका श्रीमती, एक छोरी र एक छोरा छन् । रामराज पौड्याल, गोविन्द वियोगी र श्रेष्ठ राससका संस्थापक थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर