newskoseli.Com

सोमबार बिहानै राजधानी आसपासमै ४.१ म्याग्निच्युडको भूकम्प

सोमबार बिहान ९ बजेर १ मिनेटमा मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ ।

काठमाडौं उपत्यका र आसपासका जिल्लामा भूकम्पको धक्का राम्रैसँग महसुस भएको छ । मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर सोमबार बिहान भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले पुष्टि गरेको छ ।

मकवानपुरसँगै, उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर तथा आसपासका नुवाकोट, धादिङ, काभ्रेलगायतका जिल्लामा धक्का महसुस गरिएको सोमबारको भूकम्प यसअघिका भूकम्पको पराकम्प नभई नयाँ भूकम्प नै भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यस भूकम्पले कहीं–कतै धनजनको क्षति भने पुर्‍याएको छैन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर