newskoseli.Com

‘विप्लवसँग वार्ता गरी समाधान खोज’ : संघ–संस्थाको आह्वान

विभिन्न नागरिक सङ्घ–संस्थाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगायतका ‘असुन्तष्ट पक्ष’ लाई विश्वासमा ल्याउँदै संवाद र समझदारीमार्फत समस्याको शान्तिपूर्ण समाधान सरकारसँग आग्रह गरेका छन् ।

गैरसरकारी संस्था महासङ्घ नेपाल, सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल, मानवअधिकार एलाइन्स, काहुराष्ट नेपाल र खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपाललगायतका सङ्घ–संस्थाले सोमबार विज्ञप्ति जारी गरी विप्लव नेतृत्वको (नेकपा) का पछिल्ला गतिविधि र सरकारी कदमले जनतामा त्रास फैलाएको भन्दै तत्काल वार्ताको माध्यमबाट समाधान गर्न आग्रह गरेका हुन् ।

‘हालै सरकारले प्रतिबन्ध गर्ने र विद्रोह गर्ने समूहले प्रतिरोध गर्ने खालका निर्णय र घोषणाले नागरिकमा फेरि पनि मुलुक हिंसात्मक द्वन्द्वमा प्रवेश गर्ने हो कि भन्ने आशङ्का बढेका छन् र यसले जनसमुदायमा त्रासको वातावरण सिर्जना गरेको छ, यस्ता प्रकारका त्रासको मनोविज्ञानले दिगो शान्ति कायम रहन सक्दैन र नागरिकको मानवअधिकारको संरक्षण तथा प्रवर्द्धन पनि हुन सक्दैन’– विज्ञप्तिमा उल्लेख छ ।

यानको अध्यक्षमा खतिवडा निर्वाचित

युथ एड्भोकेसी नेपाल (यान) को अध्यक्षमा नरेन खतिवडा निर्वाचित भएका छन् । आइतबार सम्पन्न यानको चौथो साधारणसभा तथा तेस्रो महाधिवेशनले अध्यक्ष खतिवडासहित सात सदस्यीय कार्यसमिति चयन गरेको हो ।

संस्थाको महासचिवमा गीता चौधरी, सचिवमा नारायण कडेरिया, कोषाध्यक्षमा गणेश थामी, सदस्यहरूमा रमा भट्टराई, ओम रम्तेल र विनय कार्की निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष खतिवडाले कूल जनसङ्ख्याको ४०.३५ प्रतिशत रहेका युवाहरूको हक–हितको संरक्षण र समस्याका बारेमा यान अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । यानले मुलुकमा व्याप्त बलात्कार, महिला हिंसा, भ्रष्टाचार अन्य गर्नुपर्ने माग गर्दै युवाहरुलाई रोजगारीको सुनिश्चितता गरिनुपर्ने समेत माग गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर